अ+
अ
अ-
श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा बेलायती दाजु–बहिनीको मृत्यु भएको छ ।अझ दुखद के छ भने उनीहरु पहिलो बम बिस्फोटमा बाँचेका थिए तर दोस्रो बिस्फोटमा परी उनीहरु बाँच्न सकेनन् । ड्यानियल लिन्से, १९, र बहिनी एमिली,१५, को कोलोम्बोस्थित साङ्ग्रीला होटलमा मृत्यु भएको हो ।

उनीहरु बिदा मनाउन श्रीलङ्का गएका थिए । समाचारमा जनाइए अनुसार उनीहरुका ६१ वर्षे उनीहरुका बुवा म्याथ्यू भने बाँच्न सफल भए को बताइएको छ ।उनीहरुका आमा एन्जेलिनाले भनिन्, ‘एमिलीलाई निकै रमाइलो गर्नुपर्छ ।
उनी निकै स्मार्ट र सुन्दर थिइन् । निकै मायालु, सबैको हेरबिचार गर्ने र बुझ्क्कड पनि । उनी आफ्नो परिवार र साथीभाइलाई निकै माया गर्थिन् । ड्यानीको स्वभाव पनि त्यस्तै थियो ।’‘उनीहरुको अस्पताल पुर्याउनु अघि नै मृत्यु भइसकेको बताइएको छ ।


