अ+
अ
अ-
काठमाडौं । श्रीलंकामा आइतबार बिहान भएको श्रृङ्खलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ। हालसम्मको जानकारीअनुसार तीन चर्च र कोलम्बोको एक पाँचतारे होटलमा समेत गरी कम्तीमा ६ स्थानमा विष्फोट भएको र सो विस्फोटमा परि १२२ जनाको मृत्यु भएको र कम्तिमा २४७ जना घाइते भएका अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। विष्फोटमा कैयौँ विदेश नागरिक समेत मारिएको खबर सार्वजनिक भएको छ।

विष्फोट पश्चात श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री रानिल विक्रमासंघेले सुरक्षाको लागि आपतकालीन बैठक बोलाएका छन्। घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ। अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन।


