बिकास बिरोधीको ज्वलन्त उदाहरण ! सडक छेउमा फुलसहितका २४ गमला फुटाल्ने को हो ?

अ+
अ
अ-

समाज विकास गर्न समाजका हरेक व्यक्तिको सक्रियता महत्वपुर्ण हुन्छ । केहि व्यक्ति सकरात्मक काम गर्दै जाने केहि नकरात्मक रुपमा सोचीरहने हो भने आशातीत विकास हुन सक्दैन । पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको मोहनमार्गका स्थानियले आफ्नो टोल सफा र सुन्दर राख्न अनि विकास गर्न निरन्तर लागिरहेका छन् ।

सो ठाउँलाई पहिला सक्रिय टोल भनेर चिन्ने गरिन्थ्यो तर पछिल्लो समयको विकासमा अमेरीका निवासी मोहन गुरुले खेलेको भुमिकाको कदर गर्दै स्थानियले सो मार्गको नाम नै मोहन मार्ग राखे । २१ लाखको लागतमा उनिहरुले बाटो ढलान गरे । गत मंसिरमा आफ्नो टोलको सडकको छेउमा ५५ वटा स्ट्याण्डमा १ सय १० वटा गमलामा फुलहरु रोपे । उनिहरुको सो कामले टोलनै सुन्दर र मनोरम देखिएको थियो । टोलको विकासमा आफुले सक्नेजती लागिरहेका छन् ।

तर गत बैशाख ५ गते बेलुका सो टोलमा कुनैपनि टोलबासीले नसोचेको भयो । कुनै रिस भएका व्यक्ति वा समुहले विकास देख्न सकेनन् । राम्रो देख्न सकेनन् । सडकको छेउमा रहेका १२ वटा स्ट्याण्डका २४ वटा गमला फोरे । बेलुका राम्रो देखिएको टोल भोलीपल्ट उठ्दा कुरुप देखिएको थियो । स्थानियहरु अहिले निकै दुखि भएकाछन् । कसैले आफुहरुको यो सुन्दर काममा कुदृष्टि लगाएको उनिहरुको भनाई रहेको छ । कसैले जानी जानी यस्तो काम गरेको टोलबासीको आरोप रहेको छ ।