अ+
अ
अ-
काठमाडौं । आज आईतबार सुनको मूल्य झन् ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा दुई सयले घटेको छ ।आज छापावाल सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा नै कारोबार भएको थियो ।



