आज मेघ गर्जनसहित पानी, हुरीबतास र चट्याङ पर्ने सम्भावना, सर्तक रहन आग्रह

अ+
अ
अ-

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर आइतबारको मौसम दिनभरी नै बदली रहने जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविद्ले चट्याङ पर्दा घरभित्रै बस्न, घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्न, पानीका धाराहरु बन्द गर्न, झ्याल तथा भित्तामा अडेस नलगाउन, अग्लो ठाउँमा नजान, खुला चौरमा भएमा घोप्टो परेर बस्न, रुखको नजिक तथा विद्युतका पोल नजिक नजान, कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्न र फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुन सुझाव दिएका छन् ।