समाचार
नयाँ वर्षको अवसरमा टेलिकमको नयाँ अफर, २ सय रुपैयाँमा प्याक उपलब्ध गराइने कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले शुक्रबार विज्ञप्ति जारी गर्दै दिएको जानकारीअनुसार नयाँ अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याक मार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

सो प्याकको अवधि खरिद गरे पश्चात ५ दिनसम्म रहने छ । सो प्याकको समयावधि चैत ३य गते शनिबारदेखि २०७६ बैशाख २ गते सम्म रहने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ मा डायल गर्नु पर्नेछ ।
कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ

