सिरहामा एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा, केही समयमै दुईको भयाे मृत्यू

अ+
अ
अ-

लहान / सिरहामा एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीकाे खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदायले एकै पटक ३ अाेटा बच्चा लाइ जन्म दिएकी थिइन ।

उनले अाज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो ।

एक नवजात शिशुलाई भेन्टिलेशनमा राखिएको प्रहरीले जनाएका छन । सदायको घरमा ३ र २ वर्षका दुई छोरी छन् । सप्तरीक‍ो कडरबोना स्वास्थ्य चौकीमा उनले नियमित स्वास्थ्य परिक्षक गर्दै आइरहेकी थिइन् ।