सुन्दहरैचाको गैरीटोलमा जमिन भासिएपछी…

अ+
अ
अ-

बिराटचौक । सुन्दरहरैचा नगरपालिका स्थित वडा नम्बर ५ मा जमिन भासिएको भन्दै सर्वसाधरणहरुको भेला भएका छन । गैरीटोलमा २० फिट भन्दा बढि जमिन भासिए पछि भासिएको जमिन हेर्न सर्वसाधरणहरुको घुईचो लाग्न थालेको छ । सुन्दरहरैचा ५ का वडाअध्यक्ष राम रिजालले एक्कासी जमिन भासिएको बताए । भासिएको जमिनमा वरपरी बास गाडेर राखिएको वडाअध्यक्ष रिजालले बताएका छन ।

के भएर जमिन भासियो त्यो केहि पत्ता लागेको छैन उनले भने । हामीले बासले नाप्दा करीब २० फिट गहिरो भएको उनको भनाई थियो । जमिन भासिएको ठाउमा के गर्ने भन्ने विषयमा छलफल गर्दै छौँ, अन्य ठाउँमा पनि खाल्डो हुन सक्छ भनेर सुरक्षा अपनाईएको वडाअध्यक्ष रिजालले बताएका छन ।