बिचार/ब्लग

यी पप स्टारको उत्तेजक नृत्यले सेनाको टाउको दुख्यो

बैंकक । थाइल्याण्डमा १८ वर्षीया लाम्याई हाइथोन्गखाम उत्तेजक डान्सका कारण चर्चित छिन् । उनका ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित बनाएको छ । उनको नृत्यले थाइल्याण्डमा यतिधेरै खैलाबैला मच्चाएको छ । थाइल्याण्डका एक नेताले उनले आफ्नो शरीर ढाक्नुपर्ने र साधारण नृत्य प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । एफपी न्यूज एजेन्सीका अनुसार प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् ।

थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरे । उनले भने, ‘उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् ।’
‘म यो विषयमा कुरा गर्न चाहन्नँ, मानिसहरूले मलाई पागल भन्लान् तर यो समस्यालाई समाधान गर्न सबैको सहयोग चाहन्छु ।’ उनका म्यानेजरले एफपीलाई भने, ‘प्रधानमन्त्रीले समेत उनको नाम दिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *