समाचार
माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारामा

काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले फाल्गुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महतोले गरेका हुन् ।
