समाचार
देउवाको निशानामा शेखर कोइराला, कारबाही गर्ने चेतावनी
काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाविरुद्ध खनिएका छन् ।

देउवाले जथाभावी बोल्दै हिँडेको भन्दै नेता शेखर कोइरालालाई कारवाही हुनसक्ने जानकारी दिए । उनले भने,“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ”।

