समाचार

अष्ट्रियाली विदेशमन्त्री आउँदै

काठमाडौँ, ८ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ ।

epa06444015 Austrian Foreign Minister Karin Kneissl during a press conference after her meeting with Italian Foreign Minister Angelino Alfano (not pictured) at Farnesina Palace in Rome, Italy, 16 January 2018. EPA-EFE/GIUSEPPE LAMI

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *