समाचार
पुलवा आक्रमण : मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन
नयाँ दिल्ली, भारत, ५ फागुन। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन् ।

काश्मिरका केही स्थानमा आज पनि निशेधाज्ञा जारी रहेको छ । विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन् ।


