समाचार

ओली-दाहाल निरन्तर छलफलमा

काठमाडौं ५ फागुन । पार्टीका दुई अध्यक्षले नै नेकपाको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन्। जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन।

एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन्। कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *