समाचार

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

वासिङ्टन,२४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको समर्थन प्राप्त गर्न राष्ट्रपति ट्रम्प सफल हुनुभयो भने बैंकलाई नयाँ स्वरुपमा ढाल्न ट्रम्पलाई एउटा मौका हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *