समाचार
ओलीको प्रशंसामा उत्रिए प्रचण्ड, सरकारले युगान्तकारी काम गरेको छ
काठमाडौं, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा उत्रिएका छन् ।

‘प्रचण्ड’ले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको भन्दै ओलीको बचाउ गरेका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।


