खेलकुद
आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति आज तोकिँदै
काठमाडौँ,२४ माघ । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् राखेपको कार्यकारी समितिको बैठक आज बस्दैछ ।

कार्यकारी समितिको बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्नुका साथै प्रतियोगिताका लागि अनुमानित बजेटलाई समेत अन्तिम रूप दिने राखेप स्रोतले जनाएको छ । पूर्वाधार निर्माण नभएको भन्दै यसअघि प्रतियोगिता तीन पटक सारिसकिएको छ ।
