खेलकुद

विश्वकप फुटबल : इङ्ल्याण्डको जित

रूस – कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।

भोल्गोग्राड एरिना रंगशालामा सोमबार राति सम्पन्न तेस्रो खेलमा ११ औं मिनेटमा गोल गर्दै केनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफकै ३५ औं मिनेटमा ट्युनिसियाका फिर्जनी सासीले पेनाल्टीमार्फद गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। इङ्ल्याण्डका केल वाल्करले ट्युनिसियाका खेलाडीलाई फउल गरेपछि ट्युनिसियाले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा एक–एकको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफको ९० मिनेटमा कुनै गोल गर्न सकेनन्। तर दोस्रो हाफको इन्जुरी समयमा कप्तान केनले हेडमार्फत उत्कृष्ट गोल गरेपछि टोलीले संघर्षपूर्ण जित निकाल्दै ३ अंक जोडेको छ।

ट्युनिसियालाई दबाबमा राख्दै पटक पटक गोल गर्ने अवसर गुमाएको इङल्याण्डले अन्तिम समयमा आएर भने गोल गरेको हो। ६१ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि इङ्ल्याण्ड फिनिसिङमा चुकेको थियो।

खेलअवधिभर ट्युनिसियाले ५ पटक बल पोष्टमा प्रहार गर्दा इङ्ल्याण्डले १८ पटक प्रहार गरेको थियो। त्यस्तै ट्युनिसियाले १४ वटा फउल गर्दा इङ्ल्याण्डले ८ वटा फउल गरेको थियो। ट्युनिसियको तुलनामा निकै उत्कृष्ट र अनुभवी खेलाडी इङ्ल्याण्डमा भएपनि खासै राम्रो प्रदर्शन गर्न सकेनन्। जितसँगै इङ्ल्याण्डले अघिल्लो चरणको यात्रा मजबुत बनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *