समाचार

बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ,२२ माघ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *