खेलकुद
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’
काठमाडौं, २१ माघ । यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। राष्ट्रिय खेलकुद परिषदले टोलीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको छ।

युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो।आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो।



