खेलकुद

चौतर्फी दबाबमा मेसी

रुसमा जारी विश्वकप २०१८ को दोस्रो खेलका लागि निज्ने नोभगोरोड स्टेडियममा पाइला राख्दा लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई जित्नैपर्ने बाध्यता सँगै हुनेछ। नेपाली समयअनुसार राति ११:४५ बजे मेसी नेतृत्वको टिम क्रोएसियाको सामना गर्नेछ। पहिलो खेलमा विश्वकपमा डेब्यू गरेको आइसल्यान्डसँग एक एक गोलको बराबरी खेलेको अर्जेन्टिनालाई अर्को चरण पुग्न जित्नैपर्ने बाध्यता हुनेछ। सन् २०१४ को विश्वकपको फाइनलसम्म पुगेर जर्मनीसँग एक गोलले पराजित भएको अर्जेन्टिनाको टिमबाट मेसीले राजीनामा दिएका थिए। तर, उनका प्रशंसकले मेसीले विश्वकप जितेको देख्ने चाहना व्यक्त गरेपछि उनलाई राष्ट्रिय टिममा फर्किन बाध्य परेको थियो। उनी यो विश्वकप जित्ने सपनासहित रुस पुगेका हुन्। तर, पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टी मिस गरेका मेसीको आलोचना भइरहेको छ। यस्तो अवस्थामा मेसीमाथि अर्जेन्टिनालाई अर्को चरणमा लैजानका लागि जित्नैपर्ने दबाब रहेको छ। अर्जेन्टिनाका लागि अर्को चरणमा पुग्नकालागि नम्बर १० जर्सीवाला मेसीको प्रदर्शनमा नै भर छ। क्रोएसियाले पहिलो खेलमा जीत निकालेको छ। उसले नाइजेरियालाई पराजित गरेको थियो। त्यसैले पनि विजेताभाव बोकेको क्रोएसियालाई पराजित गरेर आफ्नो बाटो तय गर्न अर्जेन्टिना र मेसीलाई दबाब छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *