समाचार

रुस र चीनलाई आणविक कार्यक्रम सम्बन्धी अमेरिकाको निर्देश

काठमाडौँ,१६ माघ । संयुक्तराज्य अमेरिकाले रुस र चीनलाई आफ्नो आणविक कार्यक्रमलाई बढी पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ । अमेरिकी ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफूहरु पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ ।

आणविक निःशस्त्रीकरण तथा परमाणु अप्रसारसम्बन्धी वार्तामा सहभागी हुन बेइजिङ आएका एकजना अमेरिकी वरिष्ट अधिकारीले उक्त धारणा सार्वजनिक गर्नुभएको हो । राष्ट्रसङ्घीय सुरक्षा परिषदका सबै पाँच स्थायी सदस्य राष्ट्रसँग आणविक हातहतियार रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *