समाचार

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक

काठमाडौँ,१५ माघ । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।

अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी टी–मोबाइलबाट व्यापारिक गोप्यता चोरी गरेको अभियोग लगाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *