बिचार/ब्लग
ट्राफिक प्रहरीको कठोर कदम, ६७ ट्याक्सी चालकमाथि कारबाही
काठमाडौं, १४ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उहाँले जानकारी दिए ।
