समाचार

अक्षयकोषका लागि विद्यालयलाई १३ लाख

काठमाडौँ,१४ माघ । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविमा अक्षयकोषका लागि प्रवासमा रहेका च्युरिबोटवासीले करीब रु १३ लाख सङ्कलन गरी विद्यालयलाई प्रदान गरेका छन् । विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न देशमा रहेका त्यहाँका बासिन्दाले अक्षयकोष स्थापना गर्न रु १२ लाख ५८ हजार ६१७ सङ्कलन गरी विद्यालयलाई हस्तान्तरण गरेका प्रधानाध्यापक ललितबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

यसैक्रममा हाल बेलायतमा रहनुभएका सोहीस्थान निवासी बलबहादुर चोचाङ्गी पुनको संयोजकत्वमा सङ्कलन गरिएको रु तीन लाख ६० हजार पनि सोही अक्षयकोषका लागि प्रदान गरिएको उहाँले बताउनुभयो । सो अक्षयकोषलाई वृद्धि गरी रु ५० लाखसम्म पु¥याउने र त्यसबाट प्राप्त ब्याजले निजी शिक्षकको तलब र अन्य शैक्षिक गुणस्तर वृद्धि गरिने प्रधानाध्यापक घर्तीमगरको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *