समाचार

सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौं । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ। सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ।’
श्रीपेचका साथमा तत्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत सामग्री पनि प्रदर्शनीमा ल्याउने छ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सातवटा तहमा राखिने भएको छ। सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन। केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो। त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *