समाचार

नेपालले निर्मला पन्त हत्या काण्डमा संलग्न दोषीलाई कानूनको दायरमा ल्याउन नसकेको अमेरिकाको आरोप

अमेरिका । नेप्लीज सोसाईटी अफ टेक्सस ‘अमेरिका’ ले नेपाल सरकारलाई कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या काण्डमा संलग्न दोषीलाई कानूनको दायरमा ल्याउन नसकेको आरोप लगाएको छ ।

नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाको सभापतित्वमा सम्पन्न श्रदाञ्जली कार्यक्रममा टेक्ससका महासचिव भक्त भण्डारीले पिडितलाई न्यायदिन सरकार चुकेको आरोप लगाएका हुन ।

उनले भने,‘निक्कै लामो समय बितिसक्दा पनि हाम्री छोरी निर्मलाका हत्यारालाई सरकारले पक्राउ गर्न सकेको छैन्, हामी देशभन्दा बाहिर छौं, यतैबाट सरकालाई आग्रह गर्न चाहन्छौं, हाम्रो मुलुक बुद्ध जन्मेको भूमि हो, यस्तो पवित्र देशमा किन यस्ता नरपिचासहरुको विगविगी बढ्दैछ ? यसमा सरकार गम्भिर हुनुपर्छ, दोषीलाई उन्मुक्ति दिने प्रहरी प्रशासनका कर्मचारीहरुलाई कडा कारबाही गर्नुपर्छ ।’

उनले अघि थपे,‘संविधान घोषणा गरेकै दिन अर्थात असोज ३ गते नेपाली समाज टेक्सस र सुदरपश्चिम नेपाली समाजको संयुक्त आयोजनामा श्रदाञ्जली सभा तथा दिप प्रज्वलन गरेर न्यायको लागि माग गरेका छौं, यदि नेपाल सरकारले निर्मलाका दोषीलाई समातेर कानून अनुसारको कारबाही गर्न सक्दैन भने यस मुद्धालाई अन्तर्राष्ट्रियकरण बनाएर न्यायको लागि हामी लड्न तयार छौं, निर्मलाको बलात्कार पछि हत्या प्रकरणले अहम प्रश्न खडा गरेको छ, जुन प्रश्नले हामीले ब्युझाएको छ, अबका दिनहरुमा प्रहरी र राज्य सरकारले कम्जोर, गरिब, विपन्नलाई कसरी हेर्छ ? भन्ने अर्को प्रश्न समेत खडा गरेको छ ।’

सुदुरपश्चिम नेपाली समाजका संस्थापक अध्यक्ष समेत रहेका टेक्ससका महासचिव भण्डारीले भने,‘सरकारले दुईमहिनासम्म पनि निर्मला हत्यामा संलग्न अपराधी पत्ता लगाउन नसक्नु र हत्यारा पहिचान गर्न नसक्नु दुःखद कुरा हो, यस घटनाले सम्पूर्ण टेक्सासवासी नेपाली चिन्तित रहेका छौं ।’

अमेरिकामा नेप्लीज सोसाईटी अफ टेक्ससलले बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया पन्तको न्यायको लागि आवाज उठाउँदै पन्तका हत्यारालाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

निर्मला बलात्कार भए हत्या भएको घटनाले दुई महिना समय बितिसक्दा पनि वास्तविक अपराधि प्रहरीले पक्राउ गर्न असफल भएको भन्दै यस विषयलाई गम्भिर भएर लिनु सरकारलाई आग्रह गरेको हो ।

निर्मलाको हत्यारालाई पक्राउ गर्न दवाव दिने उद्देश्यले अमेरिकाको टेक्ससमा बस्ने नेपालीहरुले विरोध कार्यक्रम गरेका छन् । निर्मलाको परिवारलाई न्याय माग्दै टेक्सस डलासका नेपालीले अर्विङमा दिप प्रज्जवलन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *