समाचार

विश्वमै पहिलो पटक नयाँ कफी प्रोडक्ट,यार्सा विथ कफी उपलब्ध गराउने‘यार्सा जाभा कफी सप’को उद्घाटन

काठमाडौं । नेपाली बजारमा कफीको क्रेज बढ्दै गरेको परिस्थतिमा विश्वमै पहिलो पटक नयाँ कफी प्रोडक्ट सार्वजनिक गरिएको छ । बुधबार संघीय राजधानी आरएनएसि नजिक रहेको काठमाडौ मलको पहिलो तलामा यार्सा विथ कफी उपलब्ध गराउने उद्देश्यले ‘यार्सा जाभा कफी सप’को उद्घाटन गरिएको छ ।

‘यार्सा जाभा कफी सप’मा यार्साको अर्गानीक स्वादसंगै कफीमा आफुलाई मनपर्ने तस्विर पनी प्रिन्ट गर्न सकिनेछ । यार्चा जाभा क्याफे प्रा.लिले नेपालमै पहिलो पटक कफी फोटो प्रिन्टिङ मेसिन भित्र्याएको दाबि गरेको छ । क्याफेका सञ्चालक सत्य थापा यार्सा जाभाको कफी पिउँदा शरिरमा सकरात्मक उर्जा प्राप्त हुनुका साथै स्फुर्ती बढ्ने बताउछन् ।

यार्चा जाभा कफी टेस्टेड प्रोडक्ट भएको र कुनै मिसावट नभएको अर्गानीक कफी भएकाले स्वास्थ्यका लागि लाभदायी भएको उनले बताए । कफी सपमा अर्गानिक कफीका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ । संचालक थापा बताउछन् ।

उनले भने,‘विश्वका १५ देशमा मात्रै पाईने यार्सा हो, हाम्रो नेपालमा यसको उपलब्धता उलेख्य छ, तर सामान्य मानिसको पहुँचभन्दा बाहिर छ, त्यसैले पनि काठमाडौंमै रहेका मानिसहरुले हाम्रो कफीसपमा आएर यार्सा विथ कफी पिउन सक्नुहुनेछ, एउटा यार्सा र कफि खान चाहनेल १ हजार २ सय जति पर्न आउछ, कालो यार्साको साथमा कफि पिउछु भन्नेले ६ सय मूल्यमा पिउन सक्नुहुनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *