समाचार
चाउचाउ उद्योग एक अर्बको लागतमा सञ्चालन हुदै

झापा । झापाका रू एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू एक अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताउनुनुभयो । ‘‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौँ’’ उहाँले भन्नुभयो । उद्योग पूर्ण क्षमतामा सञ्चालन आएपछि करीब ३०० ले रोजगारी पाउने उहाँले बताउनुभयो ।
