समाचार

पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगायो

कास्की । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।

ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन। आठ जनाको समूहमा पदयात्रामा पुगेका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्दु्रक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङले जानकारी दिए । टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए ।

शनिबार दिनभर उनको खोजी गर्दा पनि फेला पार्न नसकिएको गुरुङ बताउन्छन । घटनास्थल प्रहरीचौकीबाट १३ घण्टा पैदल दूरीमा छ । लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *