मनोरञ्जन
गायक सौगात आचार्यको मन छुने गीत “रगत हाम्रो रातो नै थियो” भिडियो सहित

भाद्र 12 काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर शंघर्ष गर्दै आएका बहु प्रतिभाका धनि गायक सौगात आचार्यले आफ्नो दोस्रो सांगीतिक कोशेली ( रगत हाम्रो रातो नै थियो फरक थिएन ) गीत मार्फत दर्शक स्रोता माझ फेरी आएका छन् । (रगत हाम्रो रातो नै थियो फरक थिएन ,मायाँ त हामि दुबैले गर्थ्यौं जातले दिएन) गायक आचार्यले बडा मार्मिक गीत बाजारमा ल्याएका हुन् |
२१ औँ शताब्दीका कुरा गरेता पनि अझै हाम्रो समाजमा जात जातिका नाममा निच देखाउने ,घृणा गर्ने प्रचलन गएको छैन | प्रेमी प्रेमिकालाई समाजले जातको नाउँमा एक हुन नदिएर प्रेमी प्रेमिकाले आत्मा हत्या गरेका घटना हामि माझ सर्वबिदितै छ | त्यहि सत्य घटनामा आधारित यो गीत रचना ,संगीत गरी गाएर बजारमा ल्याएका छन गायक आचार्यले |
मन छुने गित गाएर सबै को मन रुवाउने गायक सौगात गीत गाउनुको अलावा बाँसुरी पनि एकदम राम्रो बजाउँछन्



