समाचार

नेपाली विमान र विमानस्थलको सुरक्षाबारे बुझ्न दक्षिण कोरिया, जापान र साउदी अरेवियाका टोली अर्को महिना नेपाल आउने र दशैंपछि नयाँ गन्तव्यमा उडान यात्रा सुरु

काठमाडौं, ४ भदौ । नेपाल एअरलाइन्सले हालै किनेको दुई ठूला वाइड वडी विमानले दशैंपछि दक्षिण कोरिया, जापान र साउदी अरेवियामा उडान सुरु गर्ने नेपाल वायुसेवा निगमले जनाएको छ। युरोपेली संघ ईयूको कालो सूचीमा परेपछि नयाँ गन्तव्यको रूपमा ती देशमा उडान गर्ने टुङ्गो लागेको निगमका महाप्रबन्धकले बताए।
खरिद गरेको महिना दिन बित्न लाग्दा पनि नयाँ गन्तव्यमा उडान सुरु गर्न थप दुई महिना कुर्नुपर्ने देखिन्छ । ती तीनवटै देशको नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाई अवतरणको स्वीकृति दिइसकेको नेपाल वायुसेवा निगमले जनाएको छ।

अनुमति

अब उडान अनुमति दिनु पूर्व नेपाली विमान र विमानस्थलको सुरक्षाबारे बुझ्न तीनवटै देशका टोली अर्को महिना नेपाल आउन लागेको र त्यसपछि नयाँ गन्तव्यमा उडान यात्रा सुरु हुने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

उनले भने,उनीहरू यहाँ आएर नेपाल एअरलाइन्स मात्र होइन, नागरिक उड्डयन प्राधिकरणमा भएको सुविधा र भौतिक पूर्वाधार पनि हेर्नेछन् । त्यही रिपोर्टको आधारमा नेपाललाई उडान अनुमति दिने हो । सम्बन्धित देशको उड्डयन संस्थाले अनुमति नदिएसम्म जहाज त्यहाँ उडाउन पाइँदैन।

तर कतिपयले भने नेपाली उड्डयन क्षेत्र विगत ४ वर्षदेखि ईयूको कालोसूचीमा परेकोले उक्त सूचीबाट नहटेसम्म उडान अनुमति पाउन नसकिने बताउँछन्।

उनीहरू यहाँ आएर नेपाल एअरलाइन्स मात्र होइन, नागरिक उड्डयन प्राधिकरणमा भएको सुविधा र भौतिक पूर्वाधार पनि हेर्नेछन्। त्यही रिपोर्टको आधारमा नेपाललाई उडान अनुमति दिने हो ।

घाटा

तर महाप्रबन्धक कंसाकारले कालोसूचीले उडानमा केही फरक नपर्ने बताउँदै भने,उडान अनुमतिको विषयमा ईयूको कालोसूचीले केही फरक पर्दैन। यद्यपि ईयूको टोली पनि नेपाल आउँदैछ। यसपालि नेपाल कालोसूचीबाट हट्ने मलाई विश्वास छ। झन्डै २४ अर्ब रुपैयाँमा निगमले यसै महिना भित्रमा दुई ठूला विमान किनेको थियो।

सुरक्षाको निम्ति पहिले उडान अनुमति पाएका देशहरूमा उडाएर अनुभव लिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यासका कारण अहिले नयाँ देशहरूमा अनुमति पाए पनि उडाउन नमिल्ने निगमको भनाइ छ।

तर अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र युरोपेली देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेर विमान किनेको झन्डै १ महिना बितिसक्दा पनि नयाँ गन्तव्यमा उड्न नपाउँदा निगमले दैनिक लाखौं रुपैयाँ घाटा बेहोरिरहेको बताइन्छ । बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *