समाचार

बाबुले गरे १७ वर्षीय छोराको हत्या

भक्तपुर : मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित रमाइलोचोकमा बाबुले छोराको हत्या गरेका छन्। स्थानीय शिवप्रसाद पौडेलको घरमा डेरागरी बस्ने ४० वर्षिय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षी सागर चापागाईंको हत्या गरेका हुन्। आफुसँगै सुतीरहेका छोरा सागरको घाँटीमा धारिलो हतियार प्रहारगरी डिल्लीरामले छोराको हत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। छोराको हत्यापछि हतियार समेत कोठामा छाडेर डिल्लीराम एक तल्ला माथिबाट हाम फालेर फरार भएका थिए। घटना लगत्तै फरार भएका डिल्लीरामलाई प्रहरीले राती नै नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत्तमा राखिएको प्रनाउ पोखरेलले बताए। प्रारम्भिक सोधपुछका क्रममा डिल्लीरामले घरायसी विवादमा छोरोको हत्या गरेको खुल्न आएको प्रनाउ पोखरेलले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भईरहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *