अ+
अ
अ-
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्। उनले ‘यो कलेजलाई सम्बन्धन दे, त्यो कलेजलाई नदे’ भनेको भरमा सरकार पछि नहट्ने बताए।
नौ दिनदेखि जुम्लामा अनशन बसीरहेका डा.गोविन्द केसीका माग संबोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोली समक्ष प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हड्तालको चेतावनीको सामना गर्ने समेत बताएकाे
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिँन, छुटिन,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने। आजको नागरिक दैनिकमा यो खबर रहेको छ ।


