तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

अ+
अ
अ-

मुस्ताङ। तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बँेसी झारिएका छन् ।

उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बँेसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बँेसी झारिएको बताएका छन् ।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा बँेसी झारेका हुन् ।

मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बँेसी झारिएको हो । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याईएका च्याङ्ग्रा २३५ र भेड ७० वटा गरी तीन तीन सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बँेसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिनुभयो ।

तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताउनुभयो ।

मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ ।

कार्यालय प्रमुख डा अर्यालले तिहारका लागि बँेसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरेको उल्लेख गर्नुभयो । यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये ५०० बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरलानाका हुँदै नेपाल भित्र्याइएको थियो ।

यसवर्षको दसैँमा कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट पैदल खेदाएर जोमसोम ल्याइएको थियो । कार्यालय प्रमुख डा अर्यालले दसैँ पर्वभन्दा तिहारका लागि १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा मुस्ताङबाट बँेसी झरेको जानकारी दिनुभयो ।

दसँैका लागि जिल्ला बाहिर र जिल्लाभित्रका स्थानीय ब्यापारीले बिक्रीका लागि पोखरा काठमाडौँ पु¥याएकामा तिहारका लागि भने जोमसोम झरेका भेडाच्याङ्ग्रा जिल्ला बाहिरबाट आएका ब्यापारीले पोखरा÷काठमाडौँतर्फ लगेको प्रमुख डा अर्यालको भनाइ छ ।