धार्मिक आस्थामा चाेट पुर्याउने `पाँचपाँण्डव´ चलचित्र सेन्सर लगाउन बाेर्डमा उजुरी

अ+
अ
अ-

हिन्दु जागरण नेपालद्वारा ‘पाँचपाण्डब’ फिल्मको विरोधमा सेन्सर बोर्डलाई ज्ञापनपत्र बुझाईएको छ । ​हिन्दु जागरण नेपालले धार्मिक क्षेत्रलाई प्रदूषित पार्ने मनसायले निर्माण गरिएको भन्दै ‘पाँचपाण्डब’ चलचित्रविरुद्ध कडा आपत्ति जनाएको छ।

सोही सन्दर्भमा संस्थाका प्रतिनिधिहरूले सञ्चार मन्त्रालय अन्तर्गतको सेन्सर बोर्डका अध्यक्षज्यूलाई भेटीऔपचारिक रूपमा विरोध पत्र हस्तान्तरण गरेका छन्।

​हस्तान्तरण कार्यक्रममा बोल्दै पण्डित रामकृष्ण उपाधयायले धार्मिक आस्थामा चोट पुर्‍याउने गरी आउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।

साथै, हालसम्म आफूहरू सौम्य रूपमा प्रस्तुत भएको तर धार्मिक भावनामा आघात पुग्ने कार्य नरोकिए कडा कदम चालिने स्पष्ट पारेका छन्। यस चलचित्रको सेन्सर पास नगरियोस् भन्ने उनीहरूको मुख्य माग रहेको छ।