समाचार

कानुन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं : कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने भएका छन्। मंगलबार दिउँसो तामाङले आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रायलको कार्यभार प्रधानमन्त्री ओलीले समाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी छन्। कानुनमन्त्री तामाङले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएका थिए। बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरूबारे आपत्तीजनक अभिव्यक्ति दिएपछि तामाङको व्यापक विरोध भएको थियो। त्यसपछि उनलाई प्रधानमन्त्री र उनको पार्टी नेकपाले राजीनामा दिन निर्देशन गरेको थियो। सोही निर्देश बमोजिम मन्त्री राजीनामा गरेपछि नयाँ मन्त्री नियुक्त नहुन्जेलसम्मका लागि उक्त जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी राष्ट्रपतिको कार्यालयले तोकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *