समाचार
पदाधिकारी बैठक बस्दै, कांग्रेसको सरकारविरुद्ध आन्दोलन छेड्ने तयारी

साउन ३२, काठमाण्डौ । सरकारविरुद्ध आक्रामक बन्दै गएको नेपाली कांगेसले आन्दोलन कसरी गर्ने भन्ने विषयमा पदाधिकारी बैठक बोलाएको छ ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

