समाचार
बिज्ञापन साँस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गरिने

नुवाकोट, २८ असार । कला सँस्कृतीको जगेर्ना गर्ने उद्देश्यका साथ पञ्चकन्या फार्म हाउसले साँस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । साउने सन्क्रातीको अवसरमा स्थानीय स्तरमा पर्यटनको आगमनलाई बढावा गर्नको लागि नेपाली परम्परा लुतो फाल्ने कार्यक्रम गर्न लागेको हो ।
समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ ।
यहाँ पर्यटकीय गन्तव्यका रुपमा पर्याप्त सम्भावना बढ्दै गएको र गत वर्ष आङ तेङ्बा शेर्पाले स्थानीय बोकेडाडाबाट प्यराग्लाइडिङ गरेका कारण अहिले त्यसको व्यावसायिक प्रयोजनका लागि सम्भाव्यता अध्ययन भइरहेको स्थानीयहरुको भनाइ रहेको छ ।
स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ को रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा करिब ११० रोपनी क्षेत्रफलमा फैलिएको हाउसले ‘होम स्टे’समेत हालै सञ्चालनमा ल्याएको छ ।
