खेलकुद

बेल्जियम भर्सेस फ्रान्स : को बलियो ?

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने खेलमा दुवै टोलि जितको लागि मैदान उत्रदै छन् । आज हुने पहिलो सेमिफाइनल खेलमा समूह चरणदेखि नै बेल्जियम बलियो रुपमा प्रस्तुत भइरहेको फ्रान्स र बेल्जियम बीच प्रतिस्पर्धा हुदैछ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । बेल्जियमले अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ ले हराएको हो ।

फ्रान्सले समूह चरणमा अस्टे्रलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेज ब्राजिलविरुद्ध जुन रणनिती अप्नाएका थिए त्यहि फरमेसनमा उत्रने सम्भावना बढी छ । उँचाईको फाइदा उठाउन ब्राजिलविरुद्ध सुरुवाती ११ मा अटाएका मराउने फेलाईनी फ्रान्सविरुद्धको खेलमा पनि सुरुदेखि नै बेल्जियम टिममा अटाउन सक्छन् । ब्राजिलविरुद्ध उनले तीन चार दुई एकको फरमेसनलाई प्रयोग गरेका थिए । तेस्तै क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर जिरुडपनि टिममा पर्ने पक्का जस्तै छ । साथै मंगलबारको खेलमा दुई पहेँलो कार्डका कारण क्वाटरफाइनल गुमाएका ब्लाइसे मातुईडी फ्रेन्च टोलीमा फर्कने छन् । उनले लेफ्ट विन्गमा कोरेन्टिन टोलीसोलाई स्थापन्न गर्नेछ ।

जारी विश्वकपको ५ वटै खेलमा शतप्रतिशत जितको नतिजा आत्मसात गरेको बेल्जियमको रोमेलु लुकाकु गोल्डेन बूट जित्ने दाउमा छन् । ४ गोल गरिसकेका लुकाकुको प्रमुख प्रतिद्वन्दी ६ गोल गरेका इंग्लिश कप्तान ह्यारी केन हुन् । लुकाकुले फ्रान्सविरुद्ध आफ्नो ब्यक्तिगत गोलसंख्या बढाएर टिमलाई पहिलो पटक फाइनल पु¥याउन सक्छन् । एट्याकिंग मिडफील्डरहरु क्लीयन एम्बाप्पे, एन्टोइने ग्रीजम्यान र ब्लाइसे मातुईडी तथा फरवार्ड ओलिभर गिरौडसहितको फ्रेन्च अग्रपंक्तिलाई रोक्न बेल्जियमका गोलरक्षक थिबाउट कुर्टोसिस र डिफेन्डरहरु जान भार्तोन्गेन, टोबी एल्डरवेरेल्ड र भिन्सेन्ट कोम्पनीलाई सहज हुने छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *