समाचार

बिज्ञापन ब्रिटेनः ब्रेक्जिटसम्बन्धी मन्त्रीद्वारा राजीनामा

काठमाडौं, २५ असार । युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्ध’boutको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि उनको राजीनामा आएको हो।
सो प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले धेरै नरम भनेका छन्। डेभिसका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन्। डेभिसको राजीनामालाई प्रधानमन्त्री मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ।

इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए । इयुबाट ब्रिटेन अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा सम्मानजनक र साहसिक निर्णयु भन्दै प्रशंसा गरेका छन्।

डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले थपे, बहिर्गमन’bout प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य छैन। लेबर पार्टीका प्रमुख इयान लेभरीले भने, एकदमै भद्रगोलको अवस्था छ र टरिजा मेसँग अब कुनै सामर्थ्य बाँकी रहेन।

मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए। बीबीसीकी राजनीतिक सम्पादक लउरा कुन्सबर्ग भन्छिन्, राजीनामा दिने महिनौँदेखिको हल्लापछि डेभिड डेभिसले ब्रेक्जिट मन्त्रीको पद त्यागेका हुन्।

सरकारभित्र उनको असन्तुष्टि रहँदै आएको कुरा गोप्य थिएन। तर आफूले चाहेभन्दा फरक ढङ्गले प्रधानमन्त्रीले इयुसँगको भावी सम्बन्ध’bout मन्त्रिपरिषद्‌मा सहमति जुटाएपछि उनले पदमा बसिरहन उपयुक्त ठानेनन् । आइतवार डाउनिङ स्ट्रीट पुगेपछि उनी राजीनामा दिनुको विकल्प नरहेको निष्कर्षमा पुगेका हुन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *