खेलकुद
फिफा महिला विश्वकपमा ब्राजिलकी मार्ताले गोल गर्दै बनाइन् विश्वकिर्तीमान, ब्राजिल अन्तिम १६ मा पुग्न सफल
एजेन्सी । फिफा महिला विश्वकपमा ब्राजिलले इटलीलाई एक शून्यले हराउँदै अन्तिम १६ मा पुग्न सफल भएको छ । फ्रान्समा भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको इटलीलाई एक शून्यले हराउदै ब्राजिलले प्रिक्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरी हुँदा रोमाञ्चक चरणमा दोस्रो हाफमा प्रवेश गरेको खेलमा मार्ताले कीर्तिमानी १७ औँ गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्याएकी छिन् ।
६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताले खेलको ७२ औं मिनेटमा मार्ताले ब्राजिलका लागि गोल गरेसँगै सोही गोल नै निर्णयक बन्न पुगेको थियो । मार्ताले विश्वकपमा गोल संख्या १७ पुर्याउँदै पुरुष खेलाडीको भन्दा पनि धेरै गोल गर्ने कीर्तिमान बनाएको त्यो क्षण पनि हेर्न लायक थियो । उनले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्डपनि तोड्दै आफ्ना नाममा नयाँ रेकर्ड राख्न सफल भएकी हुन् ।




