समाचार

सरकारको निष्कर्ष : प्रधानमन्त्रीको चीन भ्रमण सफल

काठमाडौं, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकार प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्न स्विकृति पनि प्रदान गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *