खेलकुद

पेरुको सान्त्वना जित

काठमाडाैं – पेरुले विश्वकप प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै विश्वकप यात्राको सुःखद अन्त्य गरेको छ।

रुस स्थित फिस्ट रङ्गशाला सोचीमा मंगलबार सम्पन्न खेलमा पेरुले प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा अष्ट्रेलियालाई दुई शुन्य गोलले पराजित गरेको हो। खेलको पहिलो हाफमै अग्रता बनाएको पेरुले दोश्रो हाफमा अग्रतालाई दोब्बर पारेको थियो। पेरुलाई पहिलो हाफमा अग्रता दिलाउने क्रममा खेलको १८ औं मिनेटमा एन्ड्रि क्यारिलोले गोल गरेका थिए। क्यारिलोले पाउलो गुइरेरोको पासलाई डि बक्स भित्रबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको पेरुले दोश्रो हाफ सुरु भएको ५ मिनेटपछि अर्को गोल थप्यो। पेरुकालागि खेलको ५० औं मिनेटमा पहिलो गोलकालागि पास मिलाइदिएका गुइरेरोले गोल गरे।

मंगलबारको खेलसँगै समुह सी बाट पेरु र अष्ट्रेलिया दुवै टोली घर फर्केका छन् भने यो समुहबाट फ्रान्स र डेनमार्क नकआउट चरण प्रवेस गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *