किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

gd:t] qm]l86 ;]jfsf] pb3f6g ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'n afF:sf]6f gd:t] qm]l86 ;]jfsf] pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . ;fydf 6]lnsdsL k|aGw lgb]{zs sfldgL /fhe08f/L . g]kfn 6]lnsdn] z'qmaf/b]lv gd:t] lk|k]8 df]afOn k|of]ustf{nfO{ ;fk6L lng ldNg] ;'ljwf k|bfg u/]sf] 5 . t:jL/ M k|bLk/fh jGt, /f;;
अ+
अ
अ-

सुरुङ्गा, झापा / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ । झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो । किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भन्नुभयो– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।”

कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने बताउँदै उहाँले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार छ भन्नुभयो । मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोप्नु भएको थियो ।