समाचार

एसईईको यसरी थाहा पाउनुहोस् नतिजा

भक्तपुर– गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीका अनुसार नियमिततर्फ १४ हजार २ सय ३४ परीक्षार्थीले ३.६ देखि ४ ग्रेड प्राप्त गरेका छन्। परीक्षामा सहभागी कुल ४ लाख ६३ हजार ६८९ परीक्षार्थीमध्ये नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ जना थिए। जसमध्ये ४६ हजार १३० जनाले ३.२ देखि ३.६ ग्रेड पाएका छन्।

४९ हजार ३७ जनाले २.८ देखि ३.२ ग्रेड, ७० हजार ५१२ जनाले २.४ देखि २.८, ६१ हजार ८७० ले २ देखि २.४ ग्रेड ल्याएको नियन्त्रक रेग्मीले जानकारी दिए। उनका अनुसार १ लाख १० हजार ४३ परीक्षार्थीले १.६ देखि २.०० सम्म, ३५ हजार ५८५ ले १.२५ देखि १.६० सम्म र ५८ हजार ६८८ जनाले ०.८५ देखि १.२० ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षाको नतिजा परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ। यस्तै १६०० सय डायल गरेर सुन्न सकिनेछ।

गत चैत ८ बाट सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *