खेलकुद

फिफा विश्वकप : सेनेगलद्धारा पोल्याण्ड २-१ ले पराजित

काठमाडौं, ६ असार । रसियामा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पोल्याण्डलाई हराएको छ। मस्कोको स्पार्टक स्टेडियममा भएको समूह एचको खेलमा सेनेगलले युरोपियन टिम पोल्याण्डलाई २-१ ले हराउँदै इतिहास बनाएको छ।

सेनेगलको जितमा एमबाए निअङले गोल गरे भने अर्को गोल उपहार पाएको थियो। पहिलो हाफमा १-० ले अघि रहेको सेनेगेलले दोस्रो हाफमा थप एक गोल गरेको हो।

पहिलो हाफको ३८ औं मिनेटमा पोल्याण्डका थियागो कोनिकको आत्मघाती गोल गरेपछि सेनेगलले सुरुवाती अग्रता लिएको थियो।

सेनेगलका इन्द्रिसा गानाले प्रहार गरेको बल थियागोलाई लाग्दै गोलमा परिणत भएको थियो। पहिलो हाफ १-०ले अघि रहेको सेनेगलले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

खेलको ६० औं मिनेटमा एमबाए निअङले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए। पोल्याण्डका किपर अघि बढेको फाइदा उठाएर मैदान छिरेको केही सेकेन्डमै उनले गोल गरे। यस्ते खेलको ८६ औं मिनेटमा पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले गोल गरे पनि टिमलाई हारबाट टार्न सकेनन्।एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *