समाचार

डा. उपेन्द्र देवकोटाको निधन

असार ४, काठमाण्डौ । डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

वरिष्ठ न्युरोसर्जन देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

‘यस अस्पतालका संस्थापक तथा न्यूरो साइन्सका प्रख्यात वैज्ञानिक प्रा.डा. उपेन्द्र प्रसाद देवकोटाको सघन उपचारको क्रममा उहाँ आफैले स्थापना गर्नुभएको यस अस्पतालमा मिति २०७५–२–४ गते साँझ ५ः३५ बजे स्वर्गारोहण हुनुभएकोले सम्पूर्ण आफन्त, साथीभाइ तथा शुभचिन्तकहरुसमक्ष यो शोक विज्ञप्ति जारी गर्दर्छौँ ।’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।

उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।

नेपाल फर्किएपछि न्यूरो अस्पतालमै उहाँको उपचार जारी थियो । अस्पतालले विज्ञप्ति जारी गरी डा. देवकोटाको आफैले स्थापना गरेको अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको जनाएको हो । उहाँको भोली दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ । त्यसअघि उहाँको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भाेिल बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा राखिनेछ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको बिस्तार गर्नुभएको हो । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गर्नुभएको थियो । डा. देवकोटाका श्रीमती र ३ छोरी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *