समाचार

चीन जाने प्रधानमन्त्रीको जम्बो टोलीमा को–को ?

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी ओली जम्बो टोली लिएर मंगलबार चीनको औपचारिक भमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओलीको जम्बो टोलीमा एक सय ११ जना सदस्य रहनेछन् । टोलीमा सांसद, मन्त्री, विज्ञ, निजी सचिव, उद्योगी व्यवसायी, बैंकका मालिकदेखि पत्रकारहरूसम्मका रहेका छन् ।

टोलीमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली र निजी सहयोगी राजेश शाक्य रहेका छन् ।

टोलीमा जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी, नैनकला ओझा र सुरेन्द्रकुमार यादवसहितका सांसदहरू चीन रहेकाछन् ।

भ्रमण टोलीमा परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराई पनि जाने छन् । मुख्यसचिव लोकदर्शन रेग्मी पनि टिममा छन् ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी मिश्र राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, शेखर गोल्छा, हरिभक्त शर्मा लगायतका व्यापारीहरू पनि रहेका छन् ।

पत्रकारहरूमा गोरखापत्र दैनिकबाट रामप्रसाद हुमागाइँ, कान्तिपुर दैनिकबाट सुधिर शर्मा, द काठमाडौं पोस्ट दैनिकबाट अखिलेश उपाध्याय, नागरिक दैनिकबाट गुणराज लुइँटेल, रिपब्लिका दैनिकबाट सुवास घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकबाट राजाराम गौतम, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, एभिन्यूज टेलिजिभनबाट शिव दाहाल र रविन्द्र श्रेष्ठ, नयाँ पत्रिका दैनिकबाट प्रमिला देवकोटा, द हिमालय टाइम्स दैनिकबाट प्रकाश रिमाल, रेडियो नेपालबाट हरिशरण लामिछाने, नेपाल टेलिभिजनबाट निराजन खनाल र विष्णुभक्त महर्जन, राष्ट्रिय समाचार समितिबाट हरि लामिछाने, मिडियो सोसाइटीबाट शुभशंकर कँडेल र क्यामराम्यान ध्रुबप्रसाद अधिकारी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *