समाचार
चन्दा आतंकले हैरान हुनुहुन्छ? चन्दा माग्नेको विवरण गृहमन्त्रीलाई दिनुहोस्

जेठ ३०, २०७५ काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले चन्दा आतंक मच्याउने भ्रष्ट तथा गुण्डाहरूको नामावली सरकारलाई उपलब्ध गराउन अनुरोध गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले सुशासनका लागि भ्रष्ट्राचारमा शुन्य सहनशीलताको नीति अंगिकार गरेकोले चन्दा आतंक मच्याउनेहरूको नामावली आफूलाई दिन भनेका हुन्। ‘गुण्डागर्दी गर्नेहरुको नामावली सरकारलाई बुझाइदिनुहोस्,’ गृहमन्त्री थापाले भने, ‘सरकार भ्रष्टाचार र गुण्डागर्दी समाप्त पार्ने अभियानमा लागेको छ।’ अहिले चलिरहेको असुली धन्दालाई आफूले निर्मुल पार्ने उनले बताए।
